Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हारिने खतरा छः अध्यक्ष प्रचण्ड

निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हारिने खतरा छः अध्यक्ष प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७८ आइतवार • १०:०७:४९ बजे
  • 1.5K
    SHARES
  • निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हारिने खतरा छः अध्यक्ष प्रचण्ड

    पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र नै हार्ने खतरा रहेको बताएका छन् ।

    images

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बिरोधीहरु माओवादीलाई सिध्याउन लागी परेको बताए ।

    गणतन्त्र बिरोधीहरु जनताका समावेशी अधिकार, समानुपातिक अधिकार खोस्न अझै उद्दत रहेको उनको भनाई थियो । प्रचण्डले भने, ‘परिवर्तनका लागी अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र सम्बृद्धिको बाटो खुल्नेछ ।’

    पटक–पटक संविधान र गणतन्त्र हरण गर्न प्रयास गर्नेहरुबाट सचेत हुनुपर्ने उनको भनाई थियो । प्रचण्डले माओबादी केन्द्र एक महिना मात्र जागे देश फेरि माओवादीमय हुने भन्दै निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने, गाउँगाउँमा सिंहदरबार हुनुहुँदैन भन्नेहरुका बिरुद्ध हामी लड्नुपर्छ ।’

    अध्यक्ष प्रचण्डले संघियता,गणतन्त्र लगायतका प्राप्त उपलब्धी माओवादीले जन्माएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै भएको धारणा राखे।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology