Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कलैया उपमहानगरपालिकामा ९ किलोमिटर प्रचण्डपथ

कलैया उपमहानगरपालिकामा ९ किलोमिटर प्रचण्डपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७८ आइतवार • १३:००:५४ बजे
  • 1.4K
    SHARES
  • कलैया उपमहानगरपालिकामा ९ किलोमिटर प्रचण्डपथ

    सडक र चौकको नाम बीपी मार्ग, मदन भण्डारी मार्ग, पुष्पलाल चौक इत्यादि त देखिएकै हो ।

    images

    यहीबीचमा सडकको नाम प्रचण्डपथ राखिएको समेत भेटियो । बारा जिल्लास्थित कलैया उपमहानगरपालिकाको भित्री गाउँमा सडकमा एउटा ट्राफिक सङ्केत फेला पर्‍यो– ‘प्रचण्डपथ चौक, १.६ किमी ।’

    अर्थात्, प्रचण्डपथ चौकमा पुग्न अब १.६ किलोमिटर बाँकी छ । तीन वर्षअघि कालोपत्रे गरिएको यो सडकको नाम रहेछ – प्रचण्डपथ । वडा कार्यालय नजिकैको चौकको नाम राखिएको छ– प्रचण्डपथ चोक ।

    प्रचण्डपथ चोकमा एउटा शिलालेखसमेत राखिएको छ, जसमा लेखिएको छ, ‘शहरी विकास मन्त्रालयको सहयोगमा मोतीसर बैराटपुर कोइरियाटोला भतौडा भवानीपुर सडक खण्ड लम्बाइ ९ किमीको शिलान्यास नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूद्वारा सुसम्पन्न भयो ।’

    p2.JPG

    प्रचण्डले प्रचण्डपथको शिलान्यास ०७५ साउन २० गते गरेको शिलालेखबाट प्रष्ट हुन्छ ।

    ‘यहाँको ग्रामीण सडक प्रचण्ड प्रधानमन्त्री भएका बेला प्राप्त बजेटबाट माओवादीको पहलमा कालोपत्रे गरिएको हो’, नेकपा माओवादीका कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहले भने, ‘यस वडाको वडाध्यक्षसमेत माओवादीले नै जितेको छ ।’

  • सम्बन्धित विषय:

  • # ९ किलोमिटर प्रचण्डपथ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology