Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओली रावण र कंशजस्तै इतिहासका कुपात्र:माधव नेपाल

केपी ओली रावण र कंशजस्तै इतिहासका कुपात्र:माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७८ आइतवार • १४:०७:१३ बजे
  • 898
    SHARES
  • केपी ओली रावण र कंशजस्तै इतिहासका कुपात्र:माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गरेका छन् । उनले ओली रावण, कंश, शिशुपाल र हिटलरसँग तुलना गरे ।

    images

    आइतबार बिहान समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीको कटु आलोचना गरेका हुन् । “ठ्याक्कै रावणको प्रवृत्ति केपी ओलीमा देखिएको छ ।

    पौराणिका साहित्यको अध्ययन पनि गर्नुपर्छ । रावण, कंश, शिशुपालदेखि हिटलरसम्मले के–के गरे ? हिटलरले कतिओटा कुकृत्य थिए ? ठ्याक्कै तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्,” उनले भने ।

    कम्युनिस्टहरु सबै तानाशाह नहुने नेपाले बताए । तर, कम्युनिस्टको आवरणमा पनि तानाशाहहरु जन्मिन सक्ने भन्दै उनले ओलीको उदाहरण दिए । समयमै सचेत नभए पछि पछुताउनुको विकल्प नहुने भन्दै उनले कांग्रेसलाई चेतावनी दिए । “मैले कांग्रेसका नेताहरुलाई पनि भनेँ , तपाईंहरुले जानीजानी त्यस्ता कुपात्रलाई विश्वास गर्नुभयो भने देशको प्रजातन्त्र, संघीयता, संविधान सबै खतम हुन्छ ।

    अनि पछुताएर हुन्छ के ? केपी ओलीले जम्मै सिध्याएपछि टाउकोमा हात नराखेर के गर्ने ?,” उनले भने । अध्यक्ष नेपालले ओली प्रधानमन्त्री छँदा बालुवाटारमा बंकर बनाएर प्रतिनिधिसभा विघटनलगायत जाल बुनेको आरोपसमेत लगाए ।

    बंकरमार्फत् राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीशसँग बारम्बार भेट्दै असंवैधानिक कदम चाल्न षड्यन्त्र गरेको अध्यक्ष नेपालको आरोप छ । “उनले (केपी ओली) त्यहाँ घर बनाए । घरमा बंकर पनि बनाएका छन् । बंकर किन बनाएका होलान् त,” उनले भने,“नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानीहरु भए ।”

    बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग हप्तामा दुईदिन भेटेर स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ–कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भइसकेको नेपालले आरोप लगाए ।

    उनले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टीनिकट पत्रकारहरुलाई निर्देशनसमेत दिए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology