Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७८ सोमवार • ०८:५७:०५ बजे
  • 1.1K
    SHARES
  • एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् ।

    images

    उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताइन् ।

    आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पपछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको बताइन् ।

    उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत बस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन ।’

    मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत बस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताइन् ।

    पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन बन्नु सुखद रहेको बताउँदै संस्थाका उनले पूर्वाधार क्षेत्र महत्वपूर्ण पक्ष रहेको बताइन् ।

    नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाइहेका पत्रकारहरुको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग हुने अपेक्षा गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री झाँक्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology