Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेशमा आर्जन गरेको सीप र पुँजी देशको विकासमा लगानी गर्नुस्:प्रधानमन्त्री देउवा

विदेशमा आर्जन गरेको सीप र पुँजी देशको विकासमा लगानी गर्नुस्:प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७८ सोमवार • १३:२५:५९ बजे
  • 1.4K
    SHARES
  • विदेशमा आर्जन गरेको सीप र पुँजी देशको विकासमा लगानी गर्नुस्:प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन् ।

    images

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असंगठित पुँजी र प्रविधिलाई संगठित बनाउन आवश्यक रहेको बताए ।

    उनले भने,“विश्वभर छरिएर बसेका नेपालीको असंगठित पुँजी र प्राविधिक ज्ञानलाई संगठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली संघले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाई लागेको छ ।”

    प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको लगानीलााई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गरे ।

    उनले यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैरआवासीय नेपालीले सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने विश्वास दिलाए ।

    प्रधानमन्त्री देउवाले विसं २०७२ को महाभूकम्पका बेलामा उद्धार तथा राहत र पुनःनिर्माण तथा कोभिड–१९ को महामारीका बेलामा मेडिकलजन्य उपकरण र स्वाथ्य सामग्रीको सहयोगलगायत योगदान सह्रानीय रहेको भन्दै नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वयप्रति सरकारकोतर्फबाट आभार व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology