Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचनमा गठबन्धन गरेरै जानुपर्छ : देउवा

निर्वाचनमा गठबन्धन गरेरै जानुपर्छ : देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७८ सोमवार • १७:०२:५३ बजे
  • 1.0K
    SHARES
  • निर्वाचनमा गठबन्धन गरेरै जानुपर्छ : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

    images

    केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि देउवाले ७५ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका हुन् ।

    गठबन्धन गरेर जाँदा नै सबैले जित्ने सभापति देउवाको भनाई छ । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ?

    पहिला धेरै साथीले हारेका हैनन् र ?’ विगतमा माओवादीले आफूलाई समेत गोली हानेकै प्रशंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नु पर्ने बताए ।

    ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # निर्वाचनमा गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology