Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसलाई जित्न एन्टिबडी अत्यन्तै आवश्यक :मोडेर्नाको खोपले वृद्धवृद्धाहरुको रोगप्रतिरोधी क्षमता बढायो

कोरोना भाइरसलाई जित्न एन्टिबडी अत्यन्तै आवश्यक :मोडेर्नाको खोपले वृद्धवृद्धाहरुको रोगप्रतिरोधी क्षमता बढायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • ०९:१०:२६ बजे
  • 4.1K
    SHARES
  • कोरोना भाइरसलाई जित्न  एन्टिबडी अत्यन्तै आवश्यक :मोडेर्नाको खोपले वृद्धवृद्धाहरुको रोगप्रतिरोधी क्षमता बढायो
    एजेन्सी । अमेरिकाको मोडेर्ना कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको बारेमा निकै सकारात्मक खबर आएको छ । तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको खोपले सुरुवाती समयमै आसा लाग्दो नतिजा दिएको हो । जसअनुसार यो खोपले बृद्ध बृद्धाहरुमा रोगप्रतिरोधी क्षमता बढाएको कम्पनीले जनाएको छ ।
    मोडेर्नाले जनाए अनुसार ५६ देखि ७० बर्षका १० जना र ७१ बर्ष भन्दा माथीका १० जनालाई परीक्षणमा सहभागी गराइएको थियो । सबैलाई २८ दिनको अन्तरमा १०० एमजीको डोज दिइएको थियो । परीक्षणमा सहभागीहरुको शरीरमा न्युट्रिलाइजिङ एन्टिबडीको राम्रो विकास भएको देखियो ।
    वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसलाई जित्न यो एन्टिबडी अत्यन्तै आवश्यक हुन्छ । परीक्षणमा सहभागी स्वयंसेवकहरुको शरीरमा देखिएको एन्टिबडी कोरोना संक्रमणपछि निको भएका मानिसहरुमा भन्दा बढी रहेको माडर्ना कम्पनीले बताएको छ । यो खोप लिने स्वयंसेवकहरुमा कुनै पनि गम्भीर खालको असरहरु देखिएन । केहीलाई हल्का टाउको दुख्ने र थकानको महसुस भए पनि दुई दिनमै ठिक भएको कम्पनीले जनाएको छ ।
    अमेरिकामा थुप्रै खोपहरुमाथीको अनुशन्धान चलिरहेको छ । यस मध्ये मोडेर्ना कम्पनीको खोपलाई उत्कृष्ट स्तरमा राखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाए अनुसार हालसम्म कुल १७० वटा खोपहरुमाथी अनुशन्धान र परीक्षण चलिरहेको सिएनबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology