Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड-माधवलाई मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ:रामचन्द्र पौडेल

प्रचण्ड-माधवलाई मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ:रामचन्द्र पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७८ सोमवार • १८:३३:५२ बजे
  • 1.0K
    SHARES
  • प्रचण्ड-माधवलाई मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ:रामचन्द्र पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् ।

    images

    सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने बताएका हुन् । कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद चर्किएको बेला उनले यस्तो धारणा राखेका हुन् ।

    सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् । पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न नहुने पनि बताए ।

    ‘ओलीलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्नहुन्न ।

    बरु प्रचण्ड-माधवलाई अलिअलि मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ’ बैठकमा पौडेलको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology