Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा

मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • १२:१८:०४ बजे
  • 979
    SHARES
  • मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा

    स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौँमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन् ।

    images

    आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाडौँमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५(५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन् ।

    निर्वाचन आयोगका अनुसार काठमाडौँपछि सबैभन्दा बढी दल दर्ता मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२–३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०–३० वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन् ।

    यसैगरी, १० भन्दा कम दल दर्ता हुने जिल्लामा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोट ७–७, पाँचथर, जुम्ला, दैलेखमा ८–८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९–९ वटा दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology