Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • १२:४३:३० बजे
  • 1.2K
    SHARES
  • सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

    ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ ।

    images

    निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।

    जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदै छ ।

    ‘नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुने छ, आयोगबाट निर्देशन आएलगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौँ,’ आचार्यले भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदै छ ।

    सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउने छ ।’ उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुने छ ।

    प्रवेश स्थलमा सेनाले जाँच गर्ने छ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुने छ । तर, कहाँ–कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निर्क्यौल गर्ने उनले बताए ।

    उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology