Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिने भारत भ्रमण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिने भारत भ्रमण गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७८ मंगलवार • १४:५४:१६ बजे
  • 1.2K
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिने भारत भ्रमण गर्ने

    परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक १८, १९ र २० गते भारत भ्रमण गर्ने जनाएको छ । मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिएकी हुन् ।

    images

    साथै श्रीलंकामा भइरहेको विमेष्टक राष्ट्रहरुको पाँचौं सम्मेलनमा भोली प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट बैठकमा संवोधन गर्ने जानकारी दिइन् ।

    परराष्ट्रमन्त्री नारायण खड्का सो बैठकमा सहभागी हुन कोलोम्बो पुगेको र ५ वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ । यस्तै गत फागुन ३० गतेदेखि चैत १ गतेसम्म साउदी अरेबियाका राजकुमार एवं विदेशमन्त्री फैसल बिन फहरानको नेपाल भ्रमणको क्रममा पहिलो पटक दुई देशका परराष्ट्रमन्त्री स्तरीय भेटघाट भएको लम्सालले बताइन् ।

    विदेशमन्त्री फहरानले परराष्ट्रमन्त्रीका साथै प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गरेका थिए । साउदी अरेवियाले नेपाललाई उच्च महत्व दिएर सो भ्रमण भएको प्रवक्ता लम्सालले बताइन् ।

    यस्तै चिनियाँ विदेशमन्त्री वाङ् यीको ३ दिने नेपाल भ्रमण दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भ्रमण भएको उनले बताइन् ।

    पत्रकार सम्मेलनमा हालसम्म नेपालको १ सय ७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल र दक्षिण सुडानकाबीच कुटनीतिक सम्बन्ध स्थापना अघि बढेको जानकारी दिइन् ।

  • सम्बन्धित विषय:

  • # भारत भ्रमण गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology