Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्गा प्रसाईँले २ अर्ब लगानीमा खोले तरकारी बजार

दुर्गा प्रसाईँले २ अर्ब लगानीमा खोले तरकारी बजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७८ बुधवार • १०:३३:३५ बजे
  • 1.0K
    SHARES
  • दुर्गा प्रसाईँले २ अर्ब लगानीमा खोले तरकारी बजार

    भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।

    images

    व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गर्नुभएको हो । सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन् ।

    चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।

    “किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

    तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ । ‘म जे गर्छु नेपालमै गर्छु । नेपालीका लागि गर्छु’ भन्ने स्लोगन लिएर लागी परेका प्रसाई चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका दुर्गा प्रसाईँ एमाले उद्योग विभाग उपप्रमुखसमेत हुन् ।

    उनी झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा संचालक समेत हुन् ।

  • सम्बन्धित विषय:

  • # तरकारी बजार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology