Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भरतपुरको मेयरमा हाम्रो दाबी छ:प्रचण्ड

भरतपुरको मेयरमा हाम्रो दाबी छ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७८ बुधवार • १३:३०:०६ बजे
  • 1.8K
    SHARES
  • भरतपुरको मेयरमा हाम्रो दाबी छ:प्रचण्ड

    चितवनमा नेपाली कांग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुरमा आफूहरुको दाबी रहेको बताएका छन् ।

    images

    चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले गठबन्धन भएको अवस्थामा महानगरपालिका र उपमहानगरपालिकाबारेको निर्णय केन्द्रबाटै लिने सहमति भएको पनि बताए ।

    प्रचण्डले त्यस्तो अवस्थामा भरतपुर महानगरपालिकामा माओवादीले दाबी नछाड्ने बताएका छन् । “महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ,” उनले भने,“भोलि हामी गठबन्धनको बैठक बस्दैछौँ ।

    सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौँ । तालमेलकै निर्णय हुन्छ । भरतपुरमा हाम्रो दाबी छँदै छ ।”

    भरतपुर महानगरपालिकामा कांग्रेससँगको गठबन्धन गरेर २०७४ सालको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहालले मेयर जितेकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology