Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पश्चिम रुकुम घटनाको विरोधमा लालटिन जुलुस

पश्चिम रुकुम घटनाको विरोधमा लालटिन जुलुस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७७ बिहिवार • १९:१३:०८ बजे
  • 2.6K
    SHARES
  • पश्चिम रुकुम घटनाको विरोधमा लालटिन जुलुस

    रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार राजधानीमा लालटिन जुलस गरेको छ ।

    images

    सरकार र न्यायलयले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनको लागि लालटिन जुलुस गरेको आन्दोलनकारीले बताएका छन् ।
    पूर्वसांसद जीवन परियारले अदालतसमेत सरकारको छायामा परेकाले सोतीको घटनामा अदालतको आदेश नमान्ने बताए । उनले भने अब नेपालको दलित समुदायले न्यायलयबाट न्याय पाउने विश्वास गुमेको छ ।

    अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज विक र उनका पाँच जना साथीको हत्या भएपछि संघर्ष समिति नियमित आन्दोलनमा छ । जुलुसमा सहभागीले धनुषामा हिरासतमा मृत्यु भएका शम्भु सदाको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology