Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको मलिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार 

म्याग्दीको मलिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • ०८:५७:५८ बजे
  • 1.2K
    SHARES
  • म्याग्दीको मलिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार 

     नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । 

    images


    माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । 

    माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा बसेको बैठकले वडाका सबै भूगोललाई समेटेर वडा सदस्यका उमेद्वार चयन गरेर तयारी र प्रचारप्रसारलाई आक्रामक रुपमा अघि बढाउने निर्णय गरेको छ । 

    वडामा आफ्ना पार्टी र बाहलवाला जनप्रतिनिधीको पहलमा भएका उपलब्धी, गर्न बाँकी काम, स्थानीय आवश्यकता, समस्या पहिचान गरि भावी योजना सहित जनघेटघाट अभियानलाई तिब्र बनाउने वडा कमिटिले निर्णय गरेको छ । 

    वडा अध्यक्षका उमेद्वार चयन भएका पुनसँग लघुजलविद्युत परियोजना, सडक निर्माण, विद्यालय व्यवस्थापन समिति लगायत संघ संस्थामा रहेर काम गरेको अनुभव छ । उहाँ माओवादी आन्दोलनको शुरुदेखिनै राजनीतिमा सक्रीय हुनुहुन्छ । 

    वि.स. २०७४ को स्थानीय तह निर्वाचनमा मालिका–४ मा माओवादीले जितेको थियो । गत चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित माओवादीले म्याग्दीमा चुनावी अभियानलाई तिब्र पारेको छ । 

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology