Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आज सत्ता गठबन्धनको बैठक : मुख्य एजेन्डा चुनावी तालमेल

आज सत्ता गठबन्धनको बैठक : मुख्य एजेन्डा चुनावी तालमेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • ०९:०४:०९ बजे
  • 1.2K
    SHARES
  • आज सत्ता गठबन्धनको बैठक : मुख्य एजेन्डा चुनावी तालमेल

    सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्दै छ ।

    images

    गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । ३० वैशाखमा स्थानीय तहको निर्वाचन तय भएको छ ।

    कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # चुनावी तालमेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology