Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : झलनाथ खनाल

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • १३:५९:३५ बजे
  • 1.3K
    SHARES
  • निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : झलनाथ खनाल

    पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    images

    बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा उनले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताए ।

    लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको खनालले बताए । निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आमजनतासामु रहेको उनले बताए ।

    नेपाली समाजलाई स्थायित्वतिर लग्नुपर्ने बताउँदै खनालले संविधानको रक्षा र उपलब्धीको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताए ।

    खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे ।

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology