Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तह निर्वाचनमा तालमेलका लागि संयन्त्र निर्माण गर्ने सत्ता गठबन्धनको निर्णय

स्थानीय तह निर्वाचनमा तालमेलका लागि संयन्त्र निर्माण गर्ने सत्ता गठबन्धनको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • १६:५८:४४ बजे
  • 484
    SHARES
  • स्थानीय तह निर्वाचनमा तालमेलका लागि संयन्त्र निर्माण गर्ने सत्ता गठबन्धनको निर्णय

    सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

    images

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चूनावी तालमेका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए । प्रतिवेदनका आधारमा नै लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तर हुने तालमेलका बिषयमा आवश्यक निर्णय गरिने काकीले बताए ।

    उनले आगामी निर्वाचनमा हामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्ने उल्लेख गरे ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको कार्कीले जानकारी दिए ।

    बैठकमा गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology