Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

दलालहरुको आत्मसमर्पणले नेपालमा एमसीसी लागू हुन सक्दैन:विप्लव

दलालहरुको आत्मसमर्पणले नेपालमा एमसीसी लागू हुन सक्दैन:विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७८ बिहिवार • १७:००:२० बजे
  • 874
    SHARES
  • दलालहरुको आत्मसमर्पणले नेपालमा एमसीसी लागू हुन सक्दैन:विप्लव

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।

    images

    बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले नेपालमा एमसीसी कुनै पनि हालतमा लागू हुन नसक्ने बताएका हुन् ।

    अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताउँदै उनले भने, ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो ।

    त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’ अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनको भनाई छ ।

    ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # दलालहरुको आत्मसमर्पण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology