Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तहमा नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धन

स्थानीय तहमा नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १०:३४:३८ बजे
  • 1.3K
    SHARES
  • स्थानीय तहमा नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धन

    सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा (एमाले) र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ ।

    images

    स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो ।

    बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा.धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । भेटवार्तापछि डा.राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले–राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए ।

    ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’

    भेटवार्ता सकारात्मक भएको पनि उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology