Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘अप्रिल फुल’ अर्थात् ‘मूर्ख दिवस’ किन मनाइन्छ ?

‘अप्रिल फुल’ अर्थात् ‘मूर्ख दिवस’ किन मनाइन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १०:३७:२७ बजे
  • 1.5K
    SHARES
  • ‘अप्रिल फुल’ अर्थात् ‘मूर्ख दिवस’ किन मनाइन्छ ?

    अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ । नेपालीमा ‘फुल’ लाई ‘मूर्ख’ भनिन्छ । मान्छेहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मूर्ख बनाउने भएकाले यो दिनको नम अप्रिल फुल रहन गएको हो ।

    images

    यो दिनमा सबैले एक अर्कालाई मूर्ख बनाएर रमाइलो गर्छन् । अप्रिल फुल किन र कहिलेदेखि मनाउन थालियो भन्ने एकिन तथ्याङ्क उपलब्ध नभए पनि मध्यकालमा युरोपका धेरै सहरहरुमा २५ मार्च देखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो । तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मूर्ख बनाउन थाले ।

    केही रिपोर्टमा अप्रिल फुल १३९२ मा सुरु भएको बताइएको छ । तर, यसको पनि कुनै स्पष्ट प्रमाण छैन । केही रिपोर्टमा १५०८ मा एक फ्रेन्च कविले एक प्वाइजन डि एभरिलको सन्दर्भमा दिएका थिए ।

    १५३९ मा फ्लेमिस कवि डे डेनले एक धनी व्यक्तिको बारेमा लेखे जसले १ अप्रिलका दिन आफ्ना सेवकहरुलाई मूर्खतापूर्ण कार्य गर्नका लागि पठाएका थिए । केही इतिहासकारका अनुसार प्राचीन रोममा यस प्रकारको एक पर्व मनाइन्थ्यो । यसको नाम हिलारिया थियो र यो मार्च अन्तिम हप्तामा मनाइन्थ्यो ।

    पूरै बेलायतमा अप्रिल फुल १८औँ शताब्दीदेखि लोकप्रिय भयो । स्कटल्यान्डमा एक परम्परा नै बन्यो । यहाँ यसलाई २ दिन मनाइन्थ्यो । सो क्रममा मानिसहरुलाई मूर्ख बनाइन्थ्यो । अप्रिल १ लाई मूर्ख दिवस मनाउनुको अर्को एक कारण पनि देखिन्छ । अग्रेज साहित्यकार चान्सरको ‘क्यान्टबरी टेल्स’ जुन सन् १३९२ मा लेखिएको थियो, त्यसमा यनले ‘सिन मार्च बिगन डेज एन्ड टु’ उल्लेख गरे ।

    चान्सरको मतलब सम्भवतः मार्च महिनाको ३२औँ दिन अर्थात् अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो । तर, पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ ।

    तर, कुरा आयो १ दिनको त्यो ३१ तारिख पछिको दिनलाई मार्च ३२ भन्ने वा अप्रिल १ भन्ने यही दोधारबीच त्यही मार्च महिनाको ३२औँ दिनलाई ‘अप्रिल फुल’ मान्न थालियो भन्ने विश्वास गरिन्छ । १९औँ शताब्दीमा भारतमा मूर्ख दिवस मनाउने प्रचलन बढेपछि त्यहीबाट यो संस्कृति नेपाल भित्रिएको मानिन्छ ।

    यो दिवस मनाउने चलन पनि विभिन्न ठाउँमा फरक छ । फ्रान्स, इटाली, बेल्जियममा कागजको माछा बनाएर मानिसहरुको पछाडि टाँसिन्छ । इरानमा फरसी नववर्षको १३औँ दिन एक अर्काको मजाक उडाइन्छ । यो दिन १ वा २ अप्रिलमा पर्छ । डेनमार्कमा १ मेका दिन मूर्ख दिवस मनाइन्छ ।

    स्पेनिस भाषा बोल्ने देशमा २८ डिसेम्बरका दिन अप्रिल फुल मनाइन्छ जसलाई डे अफ होली इनोसेन्ट्स भनिन्छ । पछिल्लो समयमा अप्रिल फुललाई मजाकको रुपमा लिइ एक अर्कालाई मूर्ख बनाउने प्रवृत्ति बढेको देखिन्छ ।

    विभिन्न सामाजिक सञ्जालमार्फत् होस् वा फोन कलमार्फत् होस् एक अर्कोलाई मूर्ख बनइ रमाइलो गरिने भएता पनि कहिले काहीँ संवेदनशीलता ख्याल नगरी मजाग गर्दा कुनै अप्रिय घटनाहरु पनि घट्न सक्ने कुरालाई भने ख्याल राख्नु जरुरी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology