Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कांग्रेस लुम्बिनी सभापतिको प्रश्न : एमालेले भोट दिने भन्यो भने नदिनु भन्नु ?

कांग्रेस लुम्बिनी सभापतिको प्रश्न : एमालेले भोट दिने भन्यो भने नदिनु भन्नु ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १०:४०:१२ बजे
  • 1.0K
    SHARES
  • कांग्रेस लुम्बिनी सभापतिको प्रश्न : एमालेले भोट दिने भन्यो भने नदिनु भन्नु ?

    पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल नगर्नेगरी निर्णय गरेको भोलिपल्ट कांग्रेसका लुम्बिनी सभापतिले गठबन्धनको निर्णयप्रति फेरि गम्भीर प्रश्न उठाएका छन् ।

    images

    प्रदेश सभापति अमर पुनले व्यवहारिकता, आवश्यकता र वस्तुस्थितिको राम्रो विश्लेषण नगरिए विद्रोह पनि हुने चेतावनी दिए । पुनले भनेका छन्, ‘पाँच हजार मत भएको कांग्रेसले टिकट नपाउने र एक हजार मत हुने अन्य पार्टीले पाए के हुन्छ ?

    विद्रोह हुँदैन ? मैले नगरे पनि स्थानीय तहका साथीहरूले गर्दैनन् भन्न सकिन्छ ?’ कांग्रेस नेतृत्वको गठबन्धनले मुख्य प्रतिस्पर्धा गर्ने दल भनेको नेकपा एमाले हो ।

    गठबन्धनका अन्य दल सशंकित हुनेगरी सभापति पुनले एमालेले कांग्रेसलाई भोट दिने भन्यो भने नदिनु नभनिने बताए ।

    ‘भोलि गठबन्धनको केन्द्रले स्थानीय तहको आवश्यकता बुझेन र एमालेले सघाउने भन्दै मत दिने भन्यो भने त नदिनु भन्न सकिन्छ ? त्यस्तो सकिँदैन’, पुनले भने ।

    , गठबन्धनको केन्द्रले गरेको निर्णयलाई स्वीकारिने बताए । उनले आवश्यकता र औचित्यको आधारमा तालमेलको निर्णय गर्नेगरी टुंगोमा पुग्न गठबन्धनको केन्द्रीय नेताहरूलाई आग्रह पनि गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology