Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रधानमन्त्रीको तीन प्रतिबद्धतापछि लोसपा उत्साहित

प्रधानमन्त्रीको तीन प्रतिबद्धतापछि लोसपा उत्साहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १०:४७:१२ बजे
  • 805
    SHARES
  • प्रधानमन्त्रीको तीन प्रतिबद्धतापछि लोसपा उत्साहित

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् ।

    images

    भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी तराई–मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।

    ‘प्रधानमन्त्रीज्यूले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता जनाउनुभएको छ,’ लोसपा कार्यकारिणी सदस्य केशव झाले भने, ‘पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने, दोस्रो मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिनुभएको छ ।’

    स्थानीय तहमा चुनावी गठबन्धनका बारेमा भारत भ्रमणवाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिबद्धता जनाएको झाले जानकारी दिए ।

    उनका अनुसार भारत भ्रमणबाट फर्केलगत्तै पुनः प्रधानमन्त्री र लोसपाका शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्नेछन् ।

  • सम्बन्धित विषय:

  • # लोसपा उत्साहित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology