Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने

रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १०:५१:१० बजे
  • 1.1K
    SHARES
  • रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने

    रुसले आज (शुक्रबार) देखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ ।

    images

    यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको बीबीसीले जनाएको छ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ ।

    रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत हुनेछ ।

    यसले रुसी मुद्रा बलियो बन्ने तथा रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान छ । रुसी निणर्यको प्रतिक्रिया दिँदै जर्मनीले यसलाई ‘ब्ल्याकमेल’ अर्थात जालसाझी गरेको आरोप लगाएको छ ।

    यस्तै फ्रान्सले रुसी ग्यास कटौती गर्दै जाने बताएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले रुबलमा ग्यास खरिद गर्नु सजिलो विषय नभएको भन्दै विकल्प खोजिने बताएको खबरमा उल्लेख छ ।

    पूरै युरोपमा खपत हुने ग्यासमध्ये ४० प्रतिशत रुसबाट आयात हुने गरेको छ भने डिजल, पेट्रोल लगायतका तेलको ३० प्रतिशत माग पनि रुसले नै आपूर्ति गर्दै आएको छ ।

    गएको फेब्रुअरी अन्तिममा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।

    अमेरिका र क्यानडाले रुसबाट आयात हुने इन्धनमा कटौती गरेका छन् तर युरोपेली देशसँग भने इन्धनको लागि भरपर्दो अर्को विकल्प नभएकाले रुसी इन्धनमाथि प्रतिबन्ध लगाउन सकेका छैनन् ।

  • सम्बन्धित विषय:

  • # रुसले ग्यास नदिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology