Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रसाईँ जी थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन:दीपशिखा

प्रसाईँ जी थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन:दीपशिखा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • १०:५४:१९ बजे
  • 2.1K
    SHARES
  • प्रसाईँ जी थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन:दीपशिखा

    नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दुर्गाप्रसाइँमाथि खनिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै ‘दीपशिखा’ले दुर्गा प्रसाईँलाई मानसिक सन्तुलन ठिक नभएको टिप्पणी गरेका हुन् ।

    images

    नेकपा (एमाले)केन्द्रीय सदस्यसमेत रहेको व्यवसायी दुर्गा प्रसाईँलाई माओवादी केन्द्रले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन ठिक नभएको ‘दीपशिखा’को टिप्पणी छ ।

    उनले भनेका छन्, ‘नेकपा (माओवादी केन्द्र)ले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन कसरी ठिक होस् त !’ प्रसाईको भनाइले आफूहरु मुख खोल्न बाध्य हुनुपर्ने हो ?

    भन्दै प्रश्नसमेत गरेका छन् । उनले प्रसाईँलाई सन्तुलन नगुमाइ जथाभावी मुख नचलाउनसमेत चेतावनी दिएका छन् । ‘प्रसाई जि, हामीले मुख खोल्नपर्ने हो ? सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन,’ उनले लेखेका छन् ।

    त्यस्तैगरी ‘दीपशिखा’ले नेकपा एमालेले एक कार्यक्रममा २२ हजारलाई एमालेमा प्रवेश गराएको भनाइलाई खण्डन गर्दै २०० पनि उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गराइयो भन्दै हास्य श्रृखला चलाएको टिप्पणी गरेका छन् ।

    यो श्रृखलाले हाँसो नै लजाएको उल्लेख गरेका छन् । ‘अँ हामीले २०० उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गरेको हास्य शृंखला हेर्यौं १ हॅासो लजाएर लाज मर्नु भा’को छ,’ उनले भनेका छन्।

    ramprasad-400x220.jpg

    एमाले केन्द्रीय सदस्य प्रसाईँले बुधबार भक्तपुरमा तरकारी बजार उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले आगामी निर्वाचनमा एक क्षेत्र जिते आफ्नो सबै सम्पति त्यागेर वृन्दावान जाने भन्दै कटाक्ष गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # दीपशिखा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology