Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचनमा सर्वनाक हार हुने बुझेर :माधवलाई केपीको फोन मिलेर जाऔं, एककदम पछि हट्न तयार छु

निर्वाचनमा सर्वनाक हार हुने बुझेर :माधवलाई केपीको फोन मिलेर जाऔं, एककदम पछि हट्न तयार छु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७८ शुक्रवार • २०:२०:३३ बजे
  • 2.9K
    SHARES
  • निर्वाचनमा सर्वनाक हार हुने बुझेर :माधवलाई केपीको फोन मिलेर जाऔं, एककदम पछि हट्न तयार छु

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भाषण गर्छन् । तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली अतालिन थालेका छन् ।

    images

    सत्तारुढ गठबन्धनका दल तीनै तहको निर्वाचनमा मिलेर जान सहमत भएसँगै ओली अतालिएका हुन् । गठबन्धन यथावत हुँदा तीनै तहको निर्वाचनमा सर्वनाक हार हुने बुझेर अतालिएका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलौन’ भनेर बारम्बार म्यासेज गरिरहेका छन् ।

    ओलीले प्रचण्डलाई ‘मिलौन’ भनेर म्यासेज गर्नु खासै ठूलो कुरा भएन । तर, भर्खरै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्नु चाहिँ अचम्मको कुरा हो ।

    एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले टर्कीमा छन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा माग लिन टर्की पुगेका हुन् । नेपाल भोली नै स्वदेश फर्कँदै छन् । तर, पराजयको डरले छटपटीमा रहेका ओलीले फोन गरेर सत्ता गठबन्धन तोड्ने प्रयास गरेका हुन् ।

    ओलीले हिजो नेपालगञ्जबाट टर्कीमा रहेका नेपाललाई फोन गरेर सहमति भए आफू एककदम पछि हट्न तयार रहेको बताएका हुन् । नेपालले भने जवाफमा ‘यस्तो कुरा सम्भव छैन’ भनेका छन् । दृष्टि 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology