Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जाडो समयमा कोरोनाका कारण मृत्युदर बढ्छ : डब्ल्युएचओ

जाडो समयमा कोरोनाका कारण मृत्युदर बढ्छ : डब्ल्युएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • १३:०४:०८ बजे
  • 3.4K
    SHARES
  • जाडो समयमा कोरोनाका कारण मृत्युदर बढ्छ : डब्ल्युएचओ

    एजेन्सी । कोरोना भाइरसको संक्रमण जाडो मौसममा थप भयावह हुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका युरोप निर्देशक एवं विशेषज्ञ हंस क्लगले जाडो मौसममा मृत्यु दर पनि बढ्ने र संक्रमणको अवस्था पनि भयावह हुने चेतावनी दिएका छन् । उनले भयावह अवस्थाका लागि तयारी अवस्थामा रहनु पर्नेमा जोड दिएका छन् ।

    images
     

    गर्मी मौसममा मानिसहरु तातोको खोजिमा एकै ठाउँमा बस्ने भएकाले थप जोखिम हुने उनको अनुमान छ । उनी भन्छन्, हामीले भविष्यवाणी गर्न चाहँदैनौँ । तर निश्चितरुपमा जाडो मौसममा अस्पतालमा बिरामीको संख्या उच्च हुनेछ । मृत्युदर पनि थप बढ्नेछ ।

    विश्व स्वास्थ्य संगठनले पछिल्लो समय फेरि कोरोनाको ग्राफ बढ्दै गएको पाइएको जनाएको छ । पछिल्लो १४ दिनमा युरोपमा १० प्रतिशतले कोरोना संक्रमितको संख्या बढी भइसकेको उनको भनाइ छ । तर, उनले तयारी पहिलेको तुलनामा राम्रो हुँदै गएको पनि बताएका छन् ।

    युरोपमा बालबालिकालाई कक्षा कोठामा पठाउने विषयमा पनि वृहत्त छलफल आवश्यक रहेकोमा उनले जोड दिएका छन् । त्यसका लागि स्वास्थ्य सुरक्षाका सबै उपायको अवलम्वन गर्नुपर्ने डब्ल्युएचओले सुझाव दिएको छ ।

    डिसेम्बर र जनवरीदेखि कोरोना भाइरसको दोस्रो लहर सुरु हुने अनुमान गरिएको छ । त्यो समयमा संसारका कम्तिमा ५ भ्याक्सिन बजारमा आइसक्ने बताइएको छ । भ्याक्सिनको पहुँच र उपलब्धताका विषयमा प्रश्न उठिरहेका बेला डब्ल्युएचओले सतर्कता अपनाउन आग्रह गरेको बिबिसीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology