Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भूपु सैनिकहरु माओवादीमा प्रवेश, षड्यन्त्रकारीलाई बलियो झापड : प्रचण्ड

भूपु सैनिकहरु माओवादीमा प्रवेश, षड्यन्त्रकारीलाई बलियो झापड : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७८ शनिवार • १७:२०:३१ बजे
  • 1.8K
    SHARES
  • भूपु सैनिकहरु माओवादीमा प्रवेश, षड्यन्त्रकारीलाई बलियो झापड   : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भू.पु. गाेरखा सैनिकहरुलाई माओवादीमा प्रवेश गराउँदै पार्टी प्रवेशले बाहिर बलियो सन्देश गएको बताएका छन् ।

    images

    शनिबार भू.पु. ब्रिटिस नेपाली सैनिकहरुलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादीलाई गाली गर्नेहरुलाई पार्टी प्रवेश कार्यक्रमले बलियो झापड दिएको बताए ।

    उनले भने, ‘माओवादीलाई अपमान गर्न खोज्ने, यत्रो परिवर्तनको वाहकलाई गाली गर्न खोज्ने ‘प्रतिक्रियावादी’, ‘षड्यन्त्रकारी’ लाई आज तपाईहरुले एउटा बलियो झापड दिनुभएको छ ।’

    कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी नभइदिएको भए संविधान उल्टिसकेको र देशमा खास खास संकट परेको बेला माओवादीले विशेष भूमिका खेल्ने गरेको बताए ।

    ‘माओवादी नभएको भए संविधान उल्टिसकेको हुन्थ्यौँ । प्रत्येक पल्ट देश संकटमा परेको बेला माओवादीले त्याग गर्दै आएको छ । देशको संकलाई मुक्त गरेर विकास दिन हामी खोजिरहेका छौँ ।

    ८ औँ महाधिवेशनबाट पारित दस्तावेजले स्थानीयलाई स्थापित गरेर मात्र देशको विकास गर्न सकिन्छ भनेर प्रष्टसँग भनेको छ,’ उनले भने ।

    भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहित गेसोका पदाधिकारीहरु शनिबार माओवादीमा पार्टी प्रवेश गरेका छन् । यसअघि राई नेकपा एमालेनिकट रहेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology