Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले बंकरमा बसेर राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गर्थे : माधव नेपाल

ओलीले बंकरमा बसेर राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गर्थे : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७८ शनिवार • १८:४६:०९ बजे
  • 1.5K
    SHARES
  • ओलीले बंकरमा बसेर राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य छलफल गर्थे : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको आरोप लगाएका छन् ।

    images

    बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको उनले आरोप लगाए । पार्टी निकट पत्रकारहरुलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘बालुवाटारमा घर बनाए ।

    त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ? किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो ।

    भनेपछि उनको दिमागमा बंगलादेश चलिरहेको थियो ।’ तत्कालीन प्रधानन्यायाधीश जबरासँग भेटेर स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भनेर गृहकार्य गरेको नेपालले बताए ।

    त्यसको सूचना सरकारी संयन्त्रमार्फत् आफूले पाएको उनले बताए । उनले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टी निकट पत्रकारहरुलाई निर्देशनसमेत दिए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology