नेकपा माओवादी केन्द्रनिटक युवासंगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) विगु गाउँपालिका कमिटीले प्रशिक्षण कार्यक्रम गरेको छ । वाईसिएल पालिका कमिटीले शनिबार पार्टी कार्यालयको भवन सिगँटिमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा तीन सय युवा उपस्थित रहेका थिए ।
कार्यक्रमको विशेष अथिति माओवादी केन्द्रका प्रदेश सदस्य तथा गाँउपलिकाका उपाध्यक्ष सन्जिब ओली रहेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष साङ्गे शेर्पा, अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य प्रसुन कार्की, सोम बहादुर तामाङ, बुक्तम तामाङ, विगु गाउँपालिका कमिटी वाईसिएल अध्यक्ष विमल ओलीलगायत उपस्थित रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले दोलखा माओवादी केन्द्रको लाल किल्ला भएको दाबी गरे । आगामी निर्वाचनमा दोलाखामा माओवादी एक्लैले जित्ने उनले बताए ।
बिगु गाँउपालिकामा कसैले छड्के आँखा नलाउन नसक्ने उनकाे भनाइ थियाे । दिनरात नभनी जनताको समस्या समाधान गर्ने उनले वाईसिएललाई निर्देशन दिए ।
बिगु गाँउपालिकालाई देशकै नमुना गाउँपलिका बनाउने उनकाे भनाइ थियाे । उनले भने, ‘हामी नेपालको नमुना गाँउपालिका बिगु गाँउपालिकालाई बनाउन चाहन्छौँ ।’ मन्त्री खड्काले प्रतिपक्ष दल नेकपा एमालेलाई लक्षित गर्दै ‘बाँदरको काम अर्काले लगाएको फल टिप्दै टोक्दै फाल्ने’ मात्रै भएको टिप्पणाी गरे ।
उनले भने, ‘बाँदरले नरिबल टिपेर त्यो फलभित्र के छ भन्ने थाहा नपाउँदै फाल्छ ।’ माओवादी केन्द्रको मुख्य उदेश्य संघीयता आएपछि पूरा भएको उनको भनाइ थियो ।
उनले माओवादीले जितेको पालिकामा शिक्षा, स्वस्थ्य र रोजगारको ग्यारेन्टी लिने प्रतिबद्धता गरे । अरु सांसदले भन्दा आफूले कम काम गरेको भए जिन्दगीभर राजनीति नगर्ने समेत उनले बताए ।
उक्त कार्यक्रममा गौरिसङ्कर गाँउपालिका वडा न. ४ का युवासघं अध्यक्ष लापासङ शेर्पाको नेतृत्वमा ९ जनाले एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।