Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश

एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७८ आइतवार • १३:३०:१९ बजे
  • 1.6K
    SHARES
  • एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश

    रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ स्थित एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश छ । यसअघि आन्तरिक विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

    images

    अहिले त्यहीँ सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।

    उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेका वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्यहरु​ टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनबल बुढा रहेका छन् ।

    उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अवीर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology