Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोलियम पदार्थको माग सामान्य बन्दै, कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा

पेट्रोलियम पदार्थको माग सामान्य बन्दै, कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७८ आइतवार • १७:४०:१० बजे
  • 1.8K
    SHARES
  • पेट्रोलियम पदार्थको माग सामान्य बन्दै, कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा

    नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ ।

    images

    निगमका अनुसार शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको हो ।

    व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

    उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको बिक्री/वितरणमा चाप परेको थियो । शनिबार बेलुका निगमबीच सहमती बनेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका थिए ।

    आज विहान ८ बजेदेखि सामान्य रूपमा बिक्री हुने जनाइएको थियो । तर, व्यवसायीहरूसँगको सहमतिपछि पनि ट्याङ्कर चालकहरूले आन्दोलन सुरू गर्दा केही समय पेट्रोल ढुवानी रोकिएको थियो ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिउँसो १ बजेदेखि चालकहरूसँग सहमति भएपछि ढुवानी नियमित बनेको र उपत्यकाको कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा जानकारी दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology