Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तह निर्वाचनमा एमाले-राप्रपा नेपालबीच तालमेल हुने

स्थानीय तह निर्वाचनमा एमाले-राप्रपा नेपालबीच तालमेल हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७८ आइतवार • १९:४७:३९ बजे
  • 958
    SHARES
  • स्थानीय तह निर्वाचनमा एमाले-राप्रपा नेपालबीच तालमेल हुने

    प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ । दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तीन चरणमा भएको वार्तापछि तालमेल हुने पक्का भएको हो ।

    images

    तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएका छन् । एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठ तोकिएका छन् ।

    राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठका अनुसार गठबन्धनको करिब सहमति जुटिसकेको छ । तालमेल गर्न सकिने स्थानीय तहबारे टुंगो गर्न दुई जनाको टोली बनेको छ ।

    राप्रपाका अर्का महामन्त्री राजाराम बर्तौलाले पनि दुई दलबीच तालमेल करिब निश्चित भइसकेको बताएका छन् । महामन्त्री श्रेष्ठले एमाले नेता दाहालसँग आइतवार पनि संवाद हुने बताए ।

    राप्रपा नेपालले आगामी २४ गतेसम्म आफूले उम्मेदवारी दिन सक्ने पालिकाको दाबी एमालेसमक्ष राख्ने तयारी भएको पनि श्रेष्ठको भनाई छ ।

    श्रेष्ठले कांग्रेस, माओवादी र अन्य दलले जितेका स्थानीय तहमा दुई दलले समझदारी गरेर साझा उम्मेदवार उठाउने पनि बताएका छन् ।

    नेकपा एमालेका नेता देवेन्द्र दाहालले पनि स्थानीय निर्वाचनमा तालमेलका लागि राप्रपाका दुवै समूहसँग वार्ता भइरहेको बताएका छन् ।

    दाहालले राप्रपासँग भन्दा राप्रपा नेपालसँग सहमति जुट्न लागेको बताए । राप्रपासँग पनि चुनावी तालमेललाई लिएर संवाद चलिरहेको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # नेपालबीच तालमेल हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology