Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विवाहको पाँच वर्षपछि आमा बनिन् भारती

विवाहको पाँच वर्षपछि आमा बनिन् भारती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १२:५४:३० बजे
  • 928
    SHARES
  • विवाहको पाँच वर्षपछि आमा बनिन् भारती

    भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् ।

    images

    आइतबार उनले छोरा जन्माएकी छिन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरे । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ ।

    हर्षको यो पोस्टमा प्रशंसकदेखि सेलिब्रिटीले पनि उनीहरुलाई बधाई दिइरहेका छन् । हर्षले भारतीलाई नर्सले झैँ हेरविचार गर्छन्ः भारतीले केही समय अघि एक अन्तरवार्तामा हर्षले उनको निकै राम्रोसँग हेरविचार गरिरहेको बताएकी थिइन् ।

    यसबारे कुरा गर्दै भारतीले भनेकी थिइन्, ‘हर्ष मेरो नर्स जस्तै हुन् । जब मलाई कम्मर दुख्छ तब उनले पानी तताएर मेरो कम्मर मिचिदिन्छन् ।

    b1.JPG

    राती जब चना भटुरा वा डेरी प्रोडक्टको क्रेभिङ हुन्छ तब उनले फूड एप्स चेक गरेर कसले होम डेलिभरी गर्न सक्छन् भनेर हेर्छन् । मलाई दुध र पनिर कहिल्यै पनि मन पर्दैनथ्यो तर मलाई यी खानेकुरा राती खान मन लाग्थ्यो ।’

    भारतीले सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । उनी हर्षभन्दा ७ वर्ष जेठी छिन् । यी दुईले करिब ७ वर्षसम्म डेटिङ गरेपछि विवाह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # आमा बनिन् भारती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology