Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पाँच दलीय गठबन्धन पुतली हो : ओली

पाँच दलीय गठबन्धन पुतली हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १६:३२:३२ बजे
  • 595
    SHARES
  • पाँच दलीय गठबन्धन पुतली हो : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् ।

    images

    प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।

    ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो ।

    यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भने । पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ ।

    स्थायी कुरा सत्य हुने भन्दै ओलीले भने, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’

    त्यस्तै ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू दक्षिणपन्थी गठबन्धनमा गएको बताए । ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको बताएका बताए ।

    ओलीले भने, ‘उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए ।

    कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology