Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म कम्युनिस्ट होइन : केपी ओली

म कम्युनिस्ट होइन : केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १८:०२:२७ बजे
  • 6.1K
    SHARES
  • म कम्युनिस्ट होइन : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् ।

    images

    सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए ।

    ‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् ।

    अनि कसरी हुन्छ ? हुने कुरै रहेन नी !’ उनले पहिला पनि आफुले प्रचण्ड कम्युनिस्ट हुन् भने म होइन भनेको स्मरण गर्दै भने, ‘मैले एकपटक भनेको थिएँ, पोहोर परार ।

    यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

    आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुनै नसक्ने ओलीको दावी छ । ‘त्यो सम्भव नै छैन नि दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’, ओलीको प्रश्न छ । आफु र प्रचण्ड बीचमा फरक छुट्याउँदै ओलीले भने, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु ।

    उहाँ जात जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु...।’

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology