Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कास्कीका सबै पालिकामा सत्तारुढ गठबन्धन

कास्कीका सबै पालिकामा सत्तारुढ गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १९:१९:३५ बजे
  • 1.1K
    SHARES
  • कास्कीका सबै पालिकामा सत्तारुढ गठबन्धन

    आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल कास्कीमा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच संयुक्त बैठक बसेर सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् ।

    images

    कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ५ वटै पालिका र ७२ वटै वडासम्म तालमेल गर्ने निर्णय गरेको हो ।

    वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए ।

    यसै गरी गठबन्धनमा रहेका दलहरूबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गर्ने निर्णय पनि भएको छ । निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

    बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष बखानसिंह तमु, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रवीमोहन ढकाल, जनता समाजवादीका अध्यक्ष गिरीप्रसाद गुरुङ सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology