Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले जिल्ला नेताले लालबहादुर नेपालीलाई जातीय विभेद गर्दै कुटपिट गरे

एमाले जिल्ला नेताले लालबहादुर नेपालीलाई जातीय विभेद गर्दै कुटपिट गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७८ सोमवार • १९:२०:३७ बजे
  • 2.3K
    SHARES
  • एमाले जिल्ला नेताले लालबहादुर नेपालीलाई जातीय विभेद गर्दै कुटपिट गरे

    जाजरकोट छेडागाड गाउँपालिका ३ का एक दलित युवाले एमालेबाट कांग्रेसमा प्रवेश गरेकै कारण खुटाई खाएका छन् ।

    images

    उनी आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाएका हुन् । प्रहरीले जनाए अनुसार जातीय अपहेलित हुने शब्दको प्रयोग गर्दै सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटपिट गरेका हुन् ।

    सत्यनारायण गिरीले लालबहादुर नेपालीलाई जातीय अपहेलित हुने शब्द प्रयोग गर्दै रगताम्य हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी इन्सपेक्टर खुमानन्द पाण्डेका अनुसार घटना आइतबार साँझ साढे ६ बजेको हो । ‘‘गिरी र नेपाली पहिलेदेखि एमाले पार्टीमा आवद्ध एउटै गाउँका साथी रहेछन् ।

    आइतबार गिरी र पिडित नेपालीले स्थानीय दिनेशको होटलमा बसेर जाँडरक्सी खाएका रहेछन् । रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएछ । त्यसपछि नेपालीमाथि हातपात भएको रहेछ,” उनले भने ।

    केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए । अहिले उक्त पीडितको रगताम्य भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ ।

    दुवै जनालाई नियन्त्रणमा लिएको केहीबरपछि प्रहरीले छाडिदिएको जनाएको छ । यस घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology