Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमै छैन : ओली

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमै छैन : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • ११:०५:१८ बजे
  • 1.8K
    SHARES
  • नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमै छैन : ओली

    प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् ।

    images

    सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालकाे जस्ताे राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरे ।

    ‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन । नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिँदैन ।

    ’ यसअघि अध्यक्ष ओलीले नेपाल कला र संगीतको पवित्र भूमि रहेको पनि बताए । ‘यो ठाउँ यो ठाउँ कलाको ठाउँ हो । संगीतको ठाउँ हो ।

    नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन,’ ओलीले भने । अध्यक्ष ओली यत्तिमा मात्र अडिएनन् महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि प्रशंसा गरे ।

    देवकोटाजस्तो कवि संसारमा नभएको उनको भनाइ थियो । अध्यक्ष ओलीले देवकोटाका कविताले नोबल पुरस्कार पाउनुपर्ने तर्कसमेत प्रस्तुत गरे ।

    ‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन । उनका कविताले किन पाउँदैनन् नोबल पुरस्कार ? हामीले एप्लाई नगरेको हुन सक्छ । महत्व नबुझेको पनि हुन सक्छ ।

    आफैलाई नपत्याएको पनि हुन सक्छ,’ अध्यक्ष ओलीले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology