Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनी परिवारले बालबालिकाको शरीरमा किन लेख्दैछन् यस्तो विवरण ?

युक्रेनी परिवारले बालबालिकाको शरीरमा किन लेख्दैछन् यस्तो विवरण ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १३:०८:५८ बजे
  • 964
    SHARES
  • युक्रेनी परिवारले बालबालिकाको शरीरमा किन लेख्दैछन् यस्तो विवरण ?

    रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्न थालेका छन् ।

    images

    युद्ध प्रताडीत युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् ।

    ‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरीरमा पारिवारिक सम्पर्कहरू लेख्छन् ।

    युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अनास्तासिया लापाटिनाले ट्वीटरमा लेखेकी छिन् ।

    ‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरीरमा पारिवारिक सम्पर्क लेखिरहेका छन् । र, युरोप भने अझै ग्यासबारे बहस भइरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्विट गरेका छन् ।

    उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोष्ट स्थानीय भाषामा छ । ‘यदि केही भयो भने कसैले उनलाई जीवित रूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन्छ । अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ ।

    उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्विटर प्रयोगकर्ताले भने, ‘हृदयविदारक । कुनै शब्द छैन ।’

  • सम्बन्धित विषय:

  • # युक्रेनी परिवार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology