Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

गठबन्धन एमालेसँग चुनाव लड्न सक्दैन : ओली

गठबन्धन एमालेसँग चुनाव लड्न सक्दैन : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १७:०१:२० बजे
  • 1.1K
    SHARES
  • गठबन्धन एमालेसँग चुनाव लड्न सक्दैन : ओली

    एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन् ।

    images

    वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।

    ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ ।

    अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन ।

    गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’ ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको हल्ला चलाएको पनि बताए ।

    ‘केपी ओली मधेसविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उनले भने, ‘म मधेसको मान्छे । ६० वर्षदेखि मत मधेसको बासिन्दा हो । ६० वर्षदेखि मधेसमा बसेको छु ।’

  • सम्बन्धित विषय:

  • # गठबन्धन एमालेसँग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology