Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

हिजो एमाले प्रवेश गरेका पित्तबहादुर, आज माओवादी केन्द्रमा नै फर्किए !

हिजो एमाले प्रवेश गरेका पित्तबहादुर, आज माओवादी केन्द्रमा नै फर्किए !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १९:२९:५४ बजे
  • 2.4K
    SHARES
  • हिजो एमाले प्रवेश गरेका पित्तबहादुर, आज माओवादी केन्द्रमा नै फर्किए !

    सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् ।

    images

    सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको बताएका छन् ।

    उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् ।

    डल्लाकोटी मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर पार्टीमा फिर्ता हुने तयारी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिए ।

    झण्डै १५ वर्ष अगाडि एमाले राजनीतिमा सक्रिय डल्लाकोटी माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादी पार्टी प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी एक्ला उम्मेदवार हुन् ।

    माओवादी युद्धमा सक्रिय केही नेता कार्यकर्ताले उनीमाथि अवसर लिन माओवादी पार्टीमा आएको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए ।

    हेर्नुहोस् डल्लाकोटीको विज्ञप्ति

    pitta-bahadur.jpg

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology