Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भैसीमा चढेर वस्तु चराएको छु:ओली

भैसीमा चढेर वस्तु चराएको छु:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • ०९:५२:२९ बजे
  • 1.1K
    SHARES
  • भैसीमा चढेर वस्तु चराएको छु:ओली

    मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्।

    images

    स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन्।

    विपक्षी दल र सरकार चर्को अलोचना भन्दापनि उनले सम्बोधनको अधिकांश समय मधेस र मधेसीका लागि विगतमा आफ्नो सरकारले गरेका कामहरुको वर्णन मै खर्च गरे।

    मधेसी जनतालाई भ्रममा पारेका केही नेताहरुले आफूलाई मधेसी विरोधी भनेर मिथ्या हल्ला चलाएको भएपनि आफू सदैव मधेस र मधेसीको पक्षमा भएको ओलीले जिकिर गरे।

    ओलीले भने,‘म आफै मधेसको मान्छे हुँ, ६० वर्षसम्म मधेसमै बसेको मान्छे हुँ, मधेसमा मैले हलो जोतेको छु, खेतमा पैनी (कूलो) को पानी लगाएको छु, भैसीमा चढेर वस्तुभाउ चराएको छु।

    मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। ओलीले भने,‘तराइ मधेसका बाटोघाटो चौडा र चिल्लो पार्ने केपी ओली, हुलाकी सडक बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, खेतखेतमा सिँचाई पुरयाउने केपी ओली अनि मधेस विरोधी केपी ओली कसरी भयो ?

    ओलीलाई मधेस विरोधी भनेको सुन्दा अच्चम लाग्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # भैसीमा चढेर वस्तु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology