Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो हेर्नुस्

फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो हेर्नुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • १२:०२:५९ बजे
  • 1.0K
    SHARES
  • फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो हेर्नुस्

    नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

    images

    निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिककोे मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ ।

    यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलर बढाएको छ । मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ ।

    निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यसमेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।

    नयाँ मूल्य समायोजन पश्चात पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कति पुग्यो हेर्नुस्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology