Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

यो सरकार आफैँ कुहिएर फतक्क झरोस्:केपी ओली

यो सरकार आफैँ कुहिएर फतक्क झरोस्:केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • १६:३८:५२ बजे
  • 1.0K
    SHARES
  • यो सरकार आफैँ कुहिएर फतक्क झरोस्:केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताएका छन् ।

    images

    आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गरे । ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ रु यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

    उनले कुनैपनि रुखको फल झर्नलाई मज्जाले कुहिसक्नुपर्ने पनि बताए । ‘यो कुहिुदैछ ।

    यो झर्नेवेलातिर जाँदैछ । यो झर्छ, झर्ने समय हामीले पर्खनुपर्छ’, ओलीले भने, ‘मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्यो भने ज्यान मुद्दा लाग्छ ।

    त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ । यो सरकार ढालेको वात पनि नलागोस्, आफै कुहिएर फतक्क झरोस् ।’ उनले एमालेले सरकारका बारेमा नभई चुनावमा ध्यान दिइरहेका बताए ।

  • सम्बन्धित विषय:

  • # यो सरकार आफैँ कुहिएर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology