Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मन्त्री मनाङेले कर्मचारी कुटे

मन्त्री मनाङेले कर्मचारी कुटे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • १६:४७:२९ बजे
  • 1.5K
    SHARES
  • मन्त्री मनाङेले कर्मचारी कुटे

    गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ ।

    images

    यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

    कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

    ‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’

    मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री राजीव गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology