Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्री श्रेष्ठ चढेको गाडी सिन्धुलीमा दुर्घटना, मोटरसाइकल चालकको खुट्टा भाँचियो

मन्त्री श्रेष्ठ चढेको गाडी सिन्धुलीमा दुर्घटना, मोटरसाइकल चालकको खुट्टा भाँचियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • २०:२१:२१ बजे
  • 1.4K
    SHARES
  • मन्त्री श्रेष्ठ चढेको गाडी सिन्धुलीमा दुर्घटना, मोटरसाइकल चालकको खुट्टा भाँचियो

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले ठक्कर दिँदा एक मोटरसाइकल चालकको खुट्टा भाँचिएको छ ।

    images

    बुधाबर बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको मन्त्री श्रेष्ठ चढेको गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    मन्त्री सवार बा २ झ ४१२९ नम्बरको झण्डावाल गाडीले विपरित दिशाबाट आउँदै गरेको प्र.२–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    गाडीले ओभरटेक गर्दै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका ४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएका छन् । प्रहरीका अनुसार, घाइते दाहालको खुट्टा भाँचिएको छ । हातमा गम्भीर चोट लागेको छ ।

    थप उपचारका लागि दाहाललाई काठमाडौंतर्फ लगिएको सिन्धुली प्रहरी प्रमुख एसपी बिमलराज कँडेलले जानकारी दिए । मन्त्री सवार गाडीको स्पीड बढी रहेको र ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    सुनकोसी गाउँपालिका ६ घुमाउने चैनपुरमा भएको सो घटनाबारे थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका डिएसपी मनोज लामाले बताए ।

  • सम्बन्धित विषय:

  • # चालकको खुट्टा भाँचियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology