Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निजी क्षेत्र र एडीबीको ५०० मेगावाटसम्म उत्पादित बिजुली किन्न भारत सहमत

निजी क्षेत्र र एडीबीको ५०० मेगावाटसम्म उत्पादित बिजुली किन्न भारत सहमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • २०:३२:१९ बजे
  • 847
    SHARES
  • निजी क्षेत्र र एडीबीको ५०० मेगावाटसम्म उत्पादित बिजुली किन्न भारत सहमत

    भारतले नेपालबाट निजी क्षेत्र र एसियाली विकास बैंकको लगानी रहेका आयोजनाबाट समेत गरेर थप ३२५ मेगावाट विद्युत् किन्न सहमति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका क्रममा भारतीय पक्षले नेपालबाट कुल ३५४ मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणलाई सहमति दिएको हो ।

    images

    यसअघि, नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सकिएर उत्पादन थालेसँगै नेपालबाट भारततर्फ बिजुली निर्यात सुरु भएको हो । माथिल्लो तामाकोसीबाट असार २१ देखि व्यावसायिक रूपमै बिजुली उत्पादन थालेको थियो ।

    यससँगै, नेपालमा यो वर्ष २०७८ मा ५०० मेगावाटसम्म बिजुली खेर गएको थियो । भारतले नेपालबाट बिजुली किन्न नमान्दा उक्त परिमाणको बिजुली ५ महिनासम्म खेर गयो । जुन, आगामी वर्ष २०७९ मा खेर नजाने गरी भारतसँग सहमति भएको हो ।

    भारतसँगको सम्झौतासँगै आगामी वर्ष नेपालको बिजुली खेर नजाने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । भारतले अब विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कालिगण्डकी ‘ए’बाट उत्पादित १४० मेगावाट बिजुली किन्ने छ । यस्तै, मध्य मर्स्याङ्दीबाट ६८ मेगावाट, मर्स्याङ्दीबाट ६७ मेगावाट बिजुली किन्ने छ ।

    यसै गरी, निजी क्षेत्रबाट ग्रिन भेन्चरबाट ५१ मेगावाट बिजुली गरी कुल ३२५ मेगावाट बिजुली किन्ने भारतले किन्ने भएको हो । यी आयोजनाहरूको उत्पादन क्षमता बढी भए पनि खेर जाने बिजुली हिसाब गरेर उक्त परिमाणको बिजुली भारतले किन्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जनाए ।

    यसअघि, २०७८ कात्तिकदेखि भारतले प्राधिकरणकै स्वामित्वमा रहेको त्रिशूलीबाट २४ मेगावाट र देवघाटको १५ गरी कुल ३९ मेगावाट बिजुली किनेको थियो । प्राधिकरणले भारतलाई मङ्सिर २१ गतेसम्म उक्त परिमाणको बिजुली भारतीय ऊर्जा एक्सचेञ्जमार्फत प्रतिस्पर्धाका आधारमा बेचेको थियो ।

    मङ्सिर लागेसँगै प्राधिकरणले नेपालको उत्पादन घट्दा स्वदेशी माग धान्न भारतबाटै आयात गर्दै आएको छ । यसअघि, भारतीय र नेपालको लगानी रहेका आयोजनाबाट मात्रै बिजुली किन्ने बताउँदै आएको थियो । यद्यपि, प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा एसियाली विकास बैंक र नेपालका निजी क्षेत्रको लगानी रहेका आयोजनाबाट उत्पादित बिजुली समेत किन्ने सहमति जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology