प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।
बन्दी कानुनमन्त्री भएपछि उक्त मन्त्रालय सम्हाल्दै आएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् ।
यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री देउवाले आफैंसँग राखेका थिए । देउवाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई २२ असोजमा मन्त्री नियुक्त गरेका थिए ।
चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।