Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बदाम खानुका यस्ता छ्न फाइदै फाइदा

बदाम खानुका यस्ता छ्न फाइदै फाइदा, तर जान्नुहोस सही तरिका

बदाम खानुका यस्ता छ्न फाइदै फाइदा, तर जान्नुहोस सही तरिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • ०४:१९:५४ बजे
  • 1.7K
    SHARES
  • बदाम खानुका यस्ता छ्न फाइदै फाइदा, तर जान्नुहोस सही तरिका
    बदाम खाँदा हाम्रो शरीरलाई फाईदै फाइदा छन् । बदाम खाँदा सहि तरिका अपनाउन भने जरुरी छ साथै सतर्क हुन पनि जरुरी देखिन्छ ।

    बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ ।

    बदाम खाने सहि तरिका र सतर्कता:
    हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो । विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ । त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ । तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरी समेत छ । बदामले शरीरलाई गर्मी समेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ । एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन ।
    बदाम खानुका फाइदै फाइदा :
    १ बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलर समेत राम्रो संग हुन पाउँछ । त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ । 
    २ बदाममा क्यालोरीको मात्र कम हुन्छ । साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ ।
    ३ बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खाने बाट तपाईलाई बचाउछ । यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन । तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ । 
    ४ बदाममा मोनो-सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ । यसको सेवाले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ ।
    ५ एंटी-ऑक्सीडेंट र ट्रिप्टोफेन गुणले भर्पुर बदाम सेवनले गर्दा तनाव बाट पनि मुक्ति दिलाउन मद्दत पुर्याउछ । डिप्रेसन हुनबाट पनि बदामको सेवनले बचाउछ ।
    ६ बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ । बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हद सम्म कम हुन पुग्छ ।
    ७ सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ । 
    ८ बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ । स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ ।

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology